Logo

देश जोगाउन अफगानी राष्ट्रपतिद्वारा सांसदहरुलाई आग्रह



काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कडा सुरक्षाबीच नयाँ सांसदहरुलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरेका छन् ।उनले भने, “तपाईहरु अफगानिस्तानी जनताका प्रतिनिधि हो, कुनै एक व्यक्ति विषेश मात्रै होइन, त्यसैले देश र जनताको हितका लागि काम गर्नुपर्दछ ।” देशको सत्रौँ संसदको उद्घाटन समारोहमा उनले सवैलाई हातेमालो गरेर देशको विकास र सम्वृद्धिका लागि सहकार्य गर्न पनि आग्रह गरे ।

सन् २००१ मा तालिवान लडाकूहरुले विद्रोह सुरु गरेपछि अफगानिस्तानमा अहिले तेस्रो संसद गठन भएको हो ।पछिल्लो संसदीय निर्वाचन अफगानिस्तानमा गत बर्षको अक्टोबर २० तारिखका दिन भएको थियो । देशको केही स्थानको मत परिणाम निर्वाचन आयोगले अहिलेसम्म पनि घोषणा नगरेको समाचारमा जनाइएको छ ।निर्वाचनमा झण्डै २६ सय उम्मेदवार रहेका थिए । ती मध्ये झण्डै चार सय महिला रहेका थिए । संसदको तल्लो सदनको २५० सिटका लागि उनीहरु मैदानमा उत्रिएका हुन् ।

निर्वाचनबाट नयाँ र युवा सांसदहरु निर्वाचित भएको बताउदै राष्ट्रपति घानीले उनीहलाई महिला अधिकार, मानवअधिकार र अन्य अधिकार रक्षाका लागि काम गर्न आग्रह गरे । समारोहपछि समथग्रहण गर्न बाँकी केही सांसदहरुलाई पनि सपथग्रहण गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्