Logo

एक दिवसीय टिमको मान्यता पाए नामिबिया र पपुवा न्यू गिनीले



काठमाडौं । नामिबिया र पपुवा न्यू गिनीले चार वर्षका लागि एक दिवसीय क्रिकट टिमको मान्यता पाएका छन् । नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट क्रिकेट लिगमा तालिकामा शीर्ष चारभित्र रहन सफल हुँदै नामिबिया र पपुवा न्यू गिनीले चार वर्षका लागि एक दिवसीय मान्यता पाएका हुन् । लिगको अन्तिम खेलमा नामिबियाले हङकङलाई १५१ रनको भारी अन्तरले हरायो ।

यो जितसँगै नामिबिया डिभिजन टूको दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाले ३९६ रनको योगफल तयार पर्दा हङकङ २४५ रनमा अलआउट भएको थियो । पपुवा न्यू गिनीले भने एक खेलअघि नै एक दिवसीय मान्यता पाइसकेको छ । उसले ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो ।

२२१ रनको योगफल तयार पारेको पपुवा न्यू गिनीले ओमानलाई ७६ रनमा अलआउट गरेपछि १४५ रनको जित निकाल्यो । यसअघि अमेरिका र ओमानले एक दिवसीय मान्यता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्