Logo

विषालु सर्पले टोकेको अनुभव लिँदै पत्र लेखेर बिदा भए यि चर्चित बैज्ञानिक



काठमाडौ । ७६ सेन्टिमिटर लामो अचम्मको सर्प भेटपछि एक वैज्ञानिकले उपचारको सट्टा आफ्नो जिज्ञासा मेटाउन आफ्नै मृत्युको कहानी लेखेर प्राण त्याग गरेका छन् । घटना हो अमेरिकाको । अमेरिकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने व्यक्तिले एउटा ७६ सेन्टिमिटर लामो अचम्मको सर्प भेटपछि त्यसको जातिबारे थाहा पाउनका लागि त्यसलाई शिकागो नेचुरल हिस्ट्रि म्युजियम ल्याइएका बेला उक्त सर्पले ति बैज्ञानिकलाई टोक्न पुग्यो ।

बहुरंगी आकृति भएको र टाउकोमा बूमस्ल्यांग भएको सर्पको प्रजाति पत्ता लगाउन खोज्दा सर्पको नजिकै गएका बैज्ञानिकले शकां हटाउनका लागी सर्पलाई नजिकै ल्याएर हेर्न थाले । त्यसपछि मलाई यो सर्प बूमस्ल्यांग हुनुमा शंका छ किनभने यो सर्पको एनल प्लेट बाँडिएको थिएन, भनेर उनले आफ्नो जर्नलमा समेत लेखेका छन् ।

त्यसैक्रममा उनलाइ सर्पले हातको औलामा टोक्यो । त्यसपछि पनि उनी अस्पताल जानुको साटो आफ्नो औंलालाई चुसेर सर्पको विष बाहिर निकाल्ने कोसिस सुरु गरि नै रहेपछि उनले आफ्नो प्राण्ढा लेख्दा लेख्दै त्यागेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अन्त्यमा हिडने क्रममा उनको शरिरको विभिन्न ठाउबाट रगत बहन थाल्यो । र उनले यसरी नै लगभग २४ घण्टा नै त्यो पिडादायक क्षण बिताएर आफ्नो प्राण त्यागे । त्यस समयसम्म उनको शरिरमा पुरै रत र पसिना नै पसिनाले भरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्