Logo

गीत गाउनकै लागि सडकमा मःमः बेच्ने गायकको स्तब्ध बनाउने कथा (भिडियो सहित)



पछिल्लो समय आफ्नो भन्ने कोही छैन साला काठमण्डौंमा भन्ने बोलको गीत लिएर चर्चामा आएका गायक कपिल पौडेल अहिले पनि बानेश्वरको फुटपाथमै ठेलामा मःमः बेच्छन् । विदेश जाने सपना विभिन्न कारणवश टुटेपछि संगीतमै केही गर्छु भन्ने सोच बोकेर उनी सडकमा उत्रेका हुन् । संगीतमा केही गर्नका लागि आर्थिक हिसाबले पनि सबल हुनुपर्ने अनि आफ्नो जिन्दगी पनि धान्नु पर्ने बाध्यताले उनी अहिले पनि साँझपख यसरी सडक छेऊमा व्यवसाय गर्छन् । जिन्दगीका विभिन्न मोडहरुमा अनेकौं ठक्कर खाएका कपिलले पावर मिडिया नेटवर्कसँगको अन्तरंग भालाकुसारीमा यसरी सुनाए जिन्दगी गोप्य कथाहरु, हेर्नुहोस भिडियो मार्फत

प्रतिक्रिया दिनुहोस्