Logo

भेटियो शताब्दीकै सबैभन्दा ठूलो हिरा, मूल्य कति ?



एजेन्सी । अफ्रिकी देश बोत्सवानामा संसारकै सबैभन्दा ठूलो हिरा भेटिएको छ । सय वर्षपछि भेटिएको सो हिराको मूल्य निर्धारण नगरिएपनि सबैभन्दा महंगो हुने दाबी गरिएको छ । यसलाई शताब्दीकै ठूलो हिराको रूपमा लिइएको छ । यस हिराको मूल्य लगभग ९० मिलियन डलर हुन सक्ने बताइएको छ । यस हिरालाई क्यानडाको उत्खनन् कम्पनीले भेट्टाएको हो । १७५८ क्यारेटको हिराको वजन ३५२ ग्रामको छ ।

जापानको लुकारा डायमन्ड कम्पनीले टेनिस बलको साइजको यस हिरालाई उचित आकार दिएपछि लिलामीमा राख्ने बताएको छ । लुकाराका अनुसार सन् १९०५ मा भेटिएको ३१०६ क्यारेटको हिरापछि यो दोस्रो ठूलो हिरा हो ।

उत्खनन् कम्पनीले हिरा खोज्नकै लागि एक्सआरटी डायमन्ड रिकवरी टेक्नोलोजीको प्रयोग गरेको थियो । सन् २०१८ मा यस कम्पनीले ३ सय क्यारेटदेखि ४७२ क्यारेटसम्मको १२ वटा हिरा भेट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस्