Logo

यि होची महिलाले भोगेको चरम पिडा शब्दमा बयान गरिसाध्य छैन, हेर्नुहोस् यो भाइरल भिडियो



बेलायत-यान्किन बेलायतकी सबभन्दा होची किशोरी हुन् । उनको उचाइँ जम्मा ३१ इन्च छ । एक गम्भीर रोगका कारण उनको लम्बाइ बालककालमा नै रोकिएको थियो र उनले दिनदिनै भयानक पीडाबाट गुज्रिनुपर्छ । यसो हुँदाहुँदै पनि उनी आफ्नो जीवनलाई उत्सव बनाउँछिन् किनकि आफू अरूभन्दा पृथक् रहेको उनको मान्यता छ । युट्युबमा आफ्नो कथा सुनाउँदै जर्जिया भन्छिन्, ‘म विद्यालयमा छँदै हामीले आठ हप्ता पुगेको एउटो छाउरो ल्याएका थियौं । त्यतिखेर त्यो मेरो घुँडाघुँडा आउँथ्यो । दश वर्ष बितिसक्दा ऊ धेरै ठूलो भइसकेको छ तर म उत्री नै छु ।’

आफू स्केलेटल डिस्प्लासिया नामक रोगबाट ग्रस्त भएको उनी बताउँछिन् । यो रोगका कारण हाडहरूको विकास रोकिन्छ । जर्जियाले हालै एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो हाइट ३१ इन्च अर्थात् २.५ फीट रहेको बताइन् । यो दुई वर्षको बच्चाको औसत हाइटभन्दा कम हो । यस रोगका कारण आफूलाई रातदिन पीडा हुने उनको भनाइ छ । बिहान उठेदेखि राति नसुतुन्जेल शरीरमा पीडा हुने उनी बताउँछिन् । त्यसैले उनी आफूलाई काममा व्यस्त राख्छिन् जसले गर्दा उनको ध्यान पीडामा जान पाउँदैन ।

जर्जियाले बताएअनुसार, पीडालाई भुलाउन उनले आफ्नो लम्बाइको कथा मानिसलाई सुनाएर रमाइलो गर्ने गरेकी छन् । उनी भन्छिन्, ‘म विद्यालयमा हुँदा मेरो टाई नै मभन्दा अग्लो थियो ।’‘मानिसहरू मेरो हाइटका कारण मलाई बेवास्ता गर्छन्, मलाई पार्टीमा बोलाउँदैनन् । तर मलाई नराम्रो लाग्दैन । म यस्तो हुँदा आफ्नै काम गरिबस्छु ।’जर्जियाले युट्युबमा मेकअप टिप्स दिने गरेकी छन् । उनका सब्स्क्राइबरहरू १४ सय छन् । युट्युबबाट उनले केही पैसा कमाउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्