Logo

एसएस राजामौलीको फिल्म ‘आर आर आर’ मा किन काम नर्गने भइन् श्रद्धा कपूरले ?



एजेन्सी- अभिनेत्री श्रद्धा कपूर निर्देशक एसएस राजामौलीको फिल्म ‘आर आर आर’ मा काम गर्नका लागि दौडधुप गरिरहेकी थिइन् । तर अब उक्त फिल्ममा श्रद्धा कपूर नरहने चर्चा चल्न थालेको छ ।हलिउड अभिनेत्री डेजी एडगर आउट भएपछि मेगा बजेटमा निर्माण भइरहेको यस फिल्ममा एक विशेष भूमिकाको लागि अभिनेत्री श्रद्धा कपूर रहने चर्चा चलिरहेको थियो ।

भारतिय मिडियाका अनुसार उनी अहिले अन्य फिल्मको काममा व्यस्त भएकै कारण यस फिल्मबाट बाहिरिएको बताइएको छ । श्रद्धा कपूर अभिनेता प्रभाससँगको फिल्म ‘साहो’ को छायाँकनमा व्यस्त छिन् । यसपश्चात उनी ‘स्ट्रीट डान्सर’ र ‘बागी ३’ को छायाँकंन सुरु गर्नेछिन् ।

कपूर आउट भएसँगै फिल्म निर्माताहरु अर्की अभिनेत्रीको खोजीमा छन् ।अभिनेत्री परिणीति चोपडाको नाम पनि आएको छ । यस फिल्ममा जुनियर एनटीआर र राम चरण मुख्य अभिनेता रहनेछन् । आलिया भट्ट फिल्मकी मुख्य अभिनेत्री हुनेछिन् भने अजय देवगनको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्