Logo

रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरियो, के राखियो ?



काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेर ‘साझा विवेकशील पार्टी’ भएको छ । यसअघि विवेकशील साझा पार्टी थियो । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्