Logo

निर्माताहरूको नजरमा बढि परेपछी एकाएक अभिनेता कार्तिक आर्यानले बढाए आफ्नो पारिश्रमिक



एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका बलिउड अभिनेता कार्तिक आर्यान यति खेर पनि चर्चामा आएका छन् ।उनको फिल्म लुका छिपीको सफलतापछि उनी निकै चर्चामा आएका हुन् ।

केहि समय अघि कार्तिक सारा सँगको प्रेमलाइ लिएर निकै चर्चामा थिए । केहि समय अघि दिल्लीको सडकमा खुलेआम सारा कार्तिकको प्रेम गरिरहेको देखिएपछि बलिउड तातेको थियो । अहिले भने उनी लुका छिपीको सफलतापछि चर्चामा आएका छन् ।

अभिनेता कार्तिक आर्यन मेनस्ट्रिमबाट बाहिर रहेक सोनू के टिटू की स्वीटी, प्याराका पञ्चनामा, प्यारका पञ्चनामा २, आकाशवाणी जस्ता हिट फिल्ममा देखिएपछी निर्माताहरूको नजरमा परेका हुन्।

भारतीय मिडियाका अनुसार निर्माताहरूको नजरमा बढि परेपछी उनले आफ्नो भाउ बढाएका छन् । निर्माताहरूसँग काम गर्नका लागि आफ्नो पारिश्रमिक घटाउने गरेका उनले निर्माताहरूको नजरमा बढि परेपछी आफ्नो पारिश्रमिक बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्