Logo

‘हिम्मतवाली’का अभिनेता सुदर्शन गौतमलाई पक्राउ गर्न जारी गरियो ‘रेड नोटिस’



काठमाडौं । ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमलाई पक्राउ गरिने भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले कलाकार तथा आप्रवासी नागरिक सुदर्शन गौतमविरूद्ध ‘रेड जोटिस’ जारी गरेको हो । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको विशेष अनुरोधमा इन्टरपोलले बिहीबार गौतमविरूद्ध ‘रेड नोटिस’ जारी गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा दुई वर्षयता मुद्दा खेपिरहेका गौतमलाई पक्राउ गर्न आवश्यक देखिएकाले उनीविरूद्ध इन्टरपोलले ‘नोटिस’ जारी गरेको प्रहरीको भनाइ छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत इन्टरपोलको सदस्य नेपालसहित १९२ राष्ट्र छन्। इन्टरपोलले सूचना जारी गरेपछि युएन सदस्य राष्ट्रहरूबीचमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नैपर्ने बाध्यकारी नियम छ।

नेपाल प्रहरीका अनुसार गौतमलाई पक्राउ गर्न इन्टरपोलले सदस्य राष्ट्रहरूमाझ पत्राचार गरिसकेको छ।
गौतम क्यानडाको टोरन्टो सहरमा रेस्टुरेन्ट चलाएर बसिरहेको जानकारीमा प्रहरीले पाएको छ ।

कलाकारको भेषमा अमेरिका लगेर काम लगाउने भन्दै गौतमले उनीहरूलाई दुई वर्षभन्दा बढी बैंकक, मलेसिया, सिंगापुर, दिल्ली, रसिया, कोलम्बियालगायत विभिन्न देशमा अलपत्र पार्दै नेपाल फर्काएको आरोप छ। सुदर्शन अपाङ्गता भएका व्यक्ति हुन्। उनका दुबै हात छैनन्।

प्रतिक्रिया दिनुहोस्