Logo

तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता



भारत- लामो समयदेखि अस्पतालमा उपचार गराई रहनु भएका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किनु भएको छ । नयाँ जिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना हुनुभएका लामा शुक्रबार आफ्नै निवासमा फर्किनु भएको उहाँका सहयोगीहरुले जनाएका छन् ।

छातीमा संक्रमण भएर असहज महशुष गरेपछि यही अप्रिल ७ तारिखका दिन उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट बाहिने क्रममा उहाँले संचारकर्मीसँग भन्नुभयो, “म पूर्ण रुपमा स्वस्थ भएको छु, मलाई अव कुनै रोगको समस्या छैन, विरामी हुन केही समस्या भएको थियो, तर अहिले पुरै स्वस्थ भएको छु ।” सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाउनु भएका लामा लामो समयदेखि भारतमा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्