Logo

घरेलु मैदानमै बन्यो टोटनह्याम स्तब्ध, वेष्ट ह्याम युनाइटेड विजयी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा तेस्रो स्थानको टोटनह्याम घरेलु मैदानमै स्तब्ध बनेको छ । माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम घरेलु मैदानमै वेष्ट ह्याम युनाइटेडसँग पराजित भएको हो ।वेष्ट ह्यामको जितमा ६७ औँ मिनेटमा मिखाइल एन्टोनियोले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको टोटनह्याम तेस्रो स्थानमा कायम छ, उसको ३६ खेलबाट ७० अंक छ ।

चौथो स्थानको चेल्सीको ३५ खेलबाट ६७ अंक छ । जित निकालेको वेष्ट ह्याम ४६ अंकसहित ११ औँ स्थानमा कायम छ । टोटनह्यामले च्याम्पियन्स लिग फुटबलको समेमिफाइनलमा अन्तर्गत पहिलो लेगमा मंगलबार अजाक्ससँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्