Logo

आइपीएल : शानदार जित निकालेको राजस्थानको प्लेअफको सम्भावना कायमै, हैदरावाद ७ विकेटले पराजित



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले शानदार जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ ।राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरले ३७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ बरुण अरुण, ओशेन थोमस, श्रेयस गोपाल र जयदेव यनाड्कटले २–२ विकेट लिए । १६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा र्गयो । उसका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान दिए भने लियाम लिभिङस्टोनल ४४, अजिन्क्या रहाणेले ३९ र स्टिभ स्मिथले २२ रन बनाए ।

हैदराबाद १० अंकसहित चौथो स्थानमा छ । उसले ११ खेल खेलेको छ । बाँकी खेलमा हैदराबाद पराजित भएमा राजस्थानको बाटो खुल्न सक्छ । तर पाँचौँ स्थानमा १० अंकसहित रहेको किंग्स इलाभेन पञ्जाब पनि बाँकी तीन खेलमा कमजोर हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्