Logo

श्रीलंकामा सुरक्षाकर्मी र उग्रवादीबीच दोहोरो भिडन्त, १५ जनाको मृत्यु



एजेन्सी । श्रीलंकामा सुरक्षा निकायले गरेको कारबाहीका १५ जना मारिएका छन् । सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा मारिनेमा ६ जना बालबालिका र तीन जना महिला समेत रहेका छन् । शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले काल्मुनाइमा घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ । भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

२५० भन्दा बढीको मृत्यु हुनेगरी अघिल्लो आइतबार तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ । घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्