Logo

ती युवतीले तानिन् विश्वको ध्यान, श्रीलंका पुलिसले माफी माग्यो



काठमाडौं । अमारा मजिद एक मुस्लिम अभियन्ता हुन् । उनी अमेरिकामा बस्ने गर्छिन् ।संसारभरीका मुसलमानका लागि व्याप्त मुसलमानको एउटा प्रणाली वा छविमा फिट हुने चलनलाई तोड्नका लागि ‘द फरेनर्स’ नामक किताब समेत लेखेकी उनीमाथि हालै यस्तो भयो जसले उनलाई निकै दुःखी र पीडित बनायो ।

श्रीलंका सरकार र पुलिसले गल्तीपूर्वक अमारालाई कोलोम्बोमा भएको आत्मघाती बिस्फोटका लागि जिम्मेवार मानिएका इस्लामिक स्टेटको संदिग्ध बतायो, त्यसपछि उनी आश्चर्यचकित मात्रै भइनन् दुखी पनि बनायो । जब यो खबर अमारासम्म पुग्यो तब उनले ट्वीट गरिन्, ‘आज बिहान मलाई थाहा भयो कि श्रीलङ्काको सरकारले गल्तीपूर्वक इस्टर आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा इस्लामिक स्टेटसँग सम्बन्धि राख्ने संदिग्धको रुपमा मेरो पहिचान गरेको छ । बिहान उठ्दा के देख्नुपर्यो ?’

अमाराले लेखिन्, ‘यो भनिराख्नु पर्दैन कि यो पूर्ण रुपमा गलत र झुटो हो । स्पष्ट शब्दमा भन्नुपर्दा हाम्रो समुदाय पहिलेदेखि नै कडा निगरानीसँग जुधिरहेको छ । ममाथि झुटो आरोपको अनुसन्धानको नगरियोस् । कृपया मलाई यी भयानक हमलासँग जोड्न बन्द गर्नुहोस् र अर्को पटक यस्तो सूचना जारी गर्नुअघि थप मेहनत गर्नुहोस् किनभने यसले कसैको परिवार र समुदाय नराम्रोसँग आहत हुनसक्छ ।’

अमाराको ट्वीटपछि श्रीलंकाली पुलिसले एक बयान जारी गरेर आफ्नो गल्तीको माफी माग्दै ‘यो तस्बिरमा देखाइएकी महिला वान्टेड होइन’ भनेर स्पष्टिकरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्