Logo

अष्ट्रेलियाकी क्लेयर बनिन् पुरुष एक दिवसीय क्रिकेटकी पहिलो महिला अम्पाएर



काठमाडौं । पुरुष एक दिवसीय क्रिकेटकी पहिलो महिला अम्पाएर बनेकी छन्, अष्ट्रेलियाकी क्लेयर पोलोसाक । उनी पुरुषको अन्तर्रा्ष्ट्रिय एक दिवसीय क्रिकेटका अम्पाएरको भूमिका निर्वाह गर्ने पहिलो महिला अम्पाएर बनेकी हुन् । उनी शनिबार वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिबिया र ओमानबिचको फाइनलमा अम्पाएरको भूमिकामा थिइन् ।

अन्तर्रा्ष्ट्रिय एक दिवसीय क्रिकेटमा पुरुष टिमको खेलमा अम्पाएर बन्ने उनी पहिलो महिला हुन् । ३१ वर्षकी पोलोसाकले क्रिकेट खेलेकी छैनन् । उनले सन् २०१७ मा सिड्नीमा न्यु साउथ वेल्स र क्रिकेट अस्ट्रेलिया इलाभेनबिच भएको खेलमा पहिलोपटक शीर्ष स्तरको पुरुष तर्फको खेलमा अम्पाएरको भूमिका निर्वाह गरेकी थिइन् ।

पोलोसाकले आफू आइसिसीसँग आफू पुरुषको अन्तर्रा्ष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो महिला अम्पाएर बन्न पाएकोमा खुशी रहेको बताएकी छन् । उनले यसअघि महिला तर्फ १५ वटा एक दिवसीय क्रिकेटमा अम्पाएरको भूमिका निर्वाह गरेकी छन् ।

उनले सन् २०१६ को नोभेम्बरमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाको महिला टोलीबिचको खेलमा पहिलोपटक अम्पाएरको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्