Logo

‘क्याटवक’ गर्दा गर्दै लडेर २६ वर्षे मोडलको दुखद निधन



एजेन्सी-साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ । मृत्यु हुनेमा मोडल तेल्स सोअरेस रहेका छन् ।एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ ।

वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे ।सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार सोअरेस २६ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस्