Logo

क्रेन खस्दा कार च्यापियो, ४ जनाको मृत्यु



काठमाडौं । अमेरिकामा क्रेन खस्दा चार जनाको मृत्यु भएको छ । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चार जनाको मृत्यु भएको र तीनजना घाइते भएका छन् ।
सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना कारका चालक हुन् ।

एक महिला र उनको काखे बच्चा तथा अर्का एक अन्दाजी २० वर्षका युवा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटना नेपाली समय अनुसार आइतबार बिहान सवा पाँच बजे दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्