Logo

आँचलसँगको ब्रेकअपको बिषयमा यसो भन्छन् पल शाह



काठमाडौँ-अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको प्रेममा विश्राम लागेको अहिले चर्चा छ । यो जोडीको ब्रेकअप भएको खबरले चौतर्फी चर्चा बटुलेको छ । यसैले पनि अब पल र आँचललाई पनि यो प्रश्नको सामना गरिरहनुपरेको छ ।
यसैविच, अभिनेता पल शाह आफू अभिनित फिल्म वीर विक्रम २ को पत्रकार सम्मेलनमा पुगेका थिए ।

सो समयमा उनलाई आँचलसँगको प्रेम सम्बन्न्धको प्रश्नले घेर्यो । आँचलसँगको प्रेमको बारेमा सोध्दा उनले अहिले नै यो बिषयमा कुरा गर्नका लागि उत्तम नहुने सुनाएका थिए । तर, पल र आँचल दुबैले अहिले ब्रेकअपको प्रश्नको सामना गर्नु परिरहेको छ । हुन त यो जोडी ले यस अघि पनि प्रेम भउको कुरा स्विकार गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्