Logo

रवि लामिछानेलाई साथ दिन दीपकराज गिरीले फेरि ‘छक्कापञ्जा–२’ हलहरुमा चलाउने



काठमाडौं । दीपकराज गिरी पछिल्लो वर्ष टेलिसिरियलबाट चलचित्र बनाउन हौसिएका छन् । दीपकराज गिरी, दीपाश्री निरौलालगायत हास्यकलाकारहरुको टिमले बनाएको फिल्म हिट भएका छन् । यसैक्रममा कुनै फिल्म रिलिजको तयारीमा छन् भने कुनै पुनः हलहरुमा प्रदर्शन गर्ने खबर दर्शकले पाएका छन् ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिमले बनाएको फिल्म ‘दाल भात तरकारी’को रिलिज निर्धा्रित मितिमा हन नसकेपछि त्यसको फाइदा उठाउने दाउमा दिपकराज गिरी रहेको चर्चा यस क्षेत्रमा चलेको छ । उनले पुनः ‘छक्का पन्जा २’ एक दिनका लागि हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

फिल्म छक्कापन्जा ३ समेत रिलिज भएर पुरानो भइसकेको अवस्थामा छक्का पन्जा २ फेरि रिलिज हुन लागेको हो । दर्शकहरुले दीपकराज गिरीको टिमको फिल्म युट्युबमा हाल्न दबाब दिएका बेला हलमा पुन लगाउने निर्णय भएको हो ।

दर्शकको साइकोलोजीमा खेल्दै दीपकराजले एकदिन मात्रै भएपनि छक्कापन्जा २ हलमा सुपर डुपर चलाउने सोच बनाएको कतिपयले टिप्पणी समेत गरेका छन् । पत्रकार रवि लामिछानेको फाउण्डेसनले कालीकोटको रास्कोटमा निर्माण गरिरहेको अस्पतालको लागि उक्त फिल्मको नाफा प्रदान गर्ने दीपकराज गिरीको निर्णयलाई समेत मानिसले प्रचारको रुपमा हेरेका छन् । नाफा नै अस्पतला निर्माणमा खर्च गर्ने भएपछि फ्यान फ्लोइङ रविसँग सहकार्य गर्ने कुरालाई प्रचारको रुपमा बुझ्नु उचित हुने आवाज पनि आएका छन् ।

उक्त फिल्मबाट उठेको २५ प्रतिशत नाफा रवि लामिछाने फाउण्डेसनले बनाइरहेको हस्पिटललाई दिने बताइउको छ । यद्यपी यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि विचारमा विभाजित भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मध्ये कोही दीपकराजले हस्पिटल निर्माणमा नाफा दिने विषयलाई सकारात्मक देखिएका छन् भने कोही चलचित्रको प्रचारको लागि रवि लामिछाने नाम जोडेको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्