Logo

‘प्रधानमन्त्री ओलीले सरकारी जग्गा कब्जा गर्नेहरूलाई संरक्षण गरेर बालुवाटारमा राखे’



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निकट नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले सरकारी जग्गा कब्जा गर्नेहरूलाई प्रधानमन्त्री ओलीले संरक्षण गरेर बालुवाटारमा राखेको आरोप लगाएका छन्।रौतहटको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस रौतहटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा शाहीले कम्युनिष्टले खाली जग्गा देख्नै नसक्ने आरोप पनि लगाएका छन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलले नाम जोडिएकोबारे उनले कटाक्ष गरेका हुन् । कुकुरले बिजुलीको खम्बा देख्ने बित्तिकै पिशाव गरेजस्तै खाली जग्गा देख्ने बित्तिकै कम्युनिष्टले अतिक्रमण गर्ने गरेको उनले आरोप लगाए।

भ्रष्ट, भूमाफिया, तस्कर लगायतलाई संरक्षण गरेर राखेको भन्दै उनले सरकारको काम(कारवाही प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्