Logo

नेपाल आइडलकी निलीमाको गीतमा प्रकृति श्रेष्ठको दमदार अभिनय (भिडियो)



काठमाडौँ- गायक इन्द्र आर पी र नेपाल आइडलकी निलीमा थापा मगरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्द्र आर पी र निलीमाको स्वर रहेको ‘तुसारो’ बोलको गीत बिहीबार अष्ट्रेलियामा सार्वजनिक गरिएको हो ।
भिडियोमा नायिका प्रकृति श्रेष्ठ र मिलन मिश्रको अभिनय रहेको छ ।

प्रकृति लामो समयपछि म्युजिक भिडियोमा देखा परेकी हुन् । उक्त म्युजिक भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलियामा विनोद केसीले गरेका छन् । गीतको शब्द निर्देशक केसीले रचना गरेका हुन् । गायक इन्द्र आर पी कै सङ्गीत रहेको गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ । भिडियोलाई विनोद केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्