Logo

सत्ता टिकाउन चालिने नागरिकताको खेलले मुलक रहँदैन– पूर्व प्रमुख आयुक्त उपाध्याय



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गएमा मुलक नै नरहने चेतावनी दिएका छन् । नागरिकता विधेयकविरुद्व संघर्ष समन्वय समितिले शनिबार कामठाडौंमा छलफलमा सहभागी भएका उनले राजनीतिक दलका नेताहरुले नागरिकतामा कडाई गर्नुको सट्टा विदेशीलाई कसरी दिलाउन सकिन्छ भनी गरेका कसरत नै राष्ट्रघाती कसरत भएको आरोप लगाए ।

सत्ता टिकाउने सवालमा विदेशीलाई नेपाली नागरिकता दिने बर्षौदेखि चल्दै आएको गलत प्रवृति विरुद्ध आवाज नउठाए एकदिन मुलुकको अस्तित्व नै समाप्त हुने उनको चेतावनी छ ।

उनले २०६३ सालदेखि नै विदेशीलाई नेपाली नागरिकता दिलाउने सन्र्दभमा नेताहरुले मुलुकभित्रैबाट विभिन्न प्रपञ्ज गर्ने गरेको दाबी पनि गरे । उनले शान्ति सम्झौतापछि बनेको नागरिकता ऐन २०६३ का आधारमा नागरिकता बाँड्ने काम नै ठूलो राष्ट्रघाती कदम भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्