Logo

नेपालले जित्यो क्रिकेट च्याम्पियनसिपको उपाधि



काठमाडौं । नेपालले एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि हात पारेको छ । थाईल्याण्डको प्रेम तिन्सुलोन्डा ईन्टरनेश्नल स्कुलको मैदानमा भएको फाइनल खेलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै च्याम्पियसिपको उपाधि उचालेको हो । डिफेण्डिङ्ग च्याम्पियन नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धा्रित खेल सकिन १ बल बाँकी छदै ८१ रनमा प्याक भएको थियो ।

कसिलो बलिङ गरेका नेपालका विशाल कुमार पटेलले सर्वा्धिक ४ विकेट झारे । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए । दिपक बोहोराले ३, निखिल कुमार सिंह र कृष कार्कीले समान १ विकेट लिए । मलेसियाका मुहम्मद हाजिक एैमानले जोडेको १८ रन नै सर्वा्धिक रह्यो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

नेपालका प्रशान्त महतले ४०, दीपक बोहोराले २३, बिशाल बिक्रम केसीले १७ र निखिलकुमार सिंहले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । मलेसियाका सचिनु हेटिगले ३ र जिनेन्द्र मुरलीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्