Logo

हृदयाघातबाट ४८ वर्षीय संगीतकार बिजु बज्रको निधन



काठमाण्डौ – संगीतकार बिजु बज्रको आइतबार हृदयाघातबाट काठमाण्डौको सिभिल हस्पिटलमा निधन भएको छ ।साढे एघार बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्‍याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे बाह्र बजे बिजुको निधन भएको हो ।

४८ वर्षीय संगीतकार बज्रको श्रीमति, दुई छोरा र एक छोरी रहेका छन् ।संगीतकार बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपश्चात भोलि नै अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्