Logo

के बिबाह बन्धनमा बाधिए पल र आँचल शर्मा !



काठमाडौं । चर्चित अभिनेता पहल शाह र अभिनेत्री आँचल शाह विवाह बन्धनमा बाँधिएका छन्। तर यो जोडी रियलमा नभइ रिलमा बिबाह बन्धनमा बाधिएका हुन् ।

भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरूले विवाह बन्धनमा बाँधिएको दृष्यांकन गरिएको छ। उनीहरूले कुन गीतको म्युजिक भिडियो गर्न लागेका हुन् भन्ने बारे निर्माणले टिमले जानकारी दिएको छैन। तर यो भिडियो चाँडै नै दर्शक माझ आउने बताइएको छ।

उनीहरूका धेरै फ्यानहरूले रिलमा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेका छन्। तर, उनीहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन्। यसो त पछिल्लो समय यि दुईको ब्रेकअप भएको कुरा पनि बाहिर आएको छ ।चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय नगरेता पनि विभिन्न म्युजिक भिडियोमा भने देखिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्