Logo

चर्चित बलिउड निर्देशक राम गोपाल बर्मा पक्राउ



काठमाडौं । चर्चित बलिउड निर्देशक तथा निर्माता राम गोपाल बर्मा पक्राउ परेका छन्। आफू पक्राउ परेको विषयमा स्वयम् बर्माले नै जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोष्ट गर्दै निर्देशक बर्माले आफू प्रहरी हिरासतमा रहेको जानकारी दिएका छन् । उनले आफूले सत्य बोलेकै कारण प्रहरीले हिरासतमा लिएको बताएका छन्। उनले ट्वीटरमा आन्द्र प्रदेशमा प्रजातन्त्र नभएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्