Logo

कार छोडेर अटोमा यात्रा गरेकी साराको भिडियो बन्यो भाइरल, फ्यानहरुले गरे प्रशंसाा



मुम्बइ। बलिउड अभिनेत्री सारा अली खान पछिल्ले समय चर्चामा छन् । डेब्यु फिल्म केदार नाथ र सिम्बा सफल भएपछि उनको चर्चा ह्वात्तै बढ्यो ।बलिउडमा उनको सुन्दरताको पनि उत्तिकै तारिफ हुन्छ । पछिल्ला दिनमा पनि उनको एउटा भिडियो भाइरल भएको छ। साथै फ्यानहरूले उनको उक्त भिडियो तीव्र रूपमा शेयर गरिरहेका छन्।
स्रेलिब्रेटी भएपछि कति फन्नी छन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो।

अझ धेरै उनी खुल्ला हृदयकी पनि छन्। यदि सारा अटो रिक्सामा कतै भेटिइन् भने अचम्म मान्नु पर्दैन। किनकि उनी अटो रिक्सामा यात्रा गर्नका लागि रत्ती भर हिचकिचाउँदिनन्।यसैबीच एउटा वर्कआउट सेसनका लागि अटो रिक्सामा जाँदै गरेको भेटिइन्।

सारालाई बान्द्रामा सेलिब्रेटी इस्टाइलिस्ट तान्या घावरीसँग अटोबाट बाहिर निस्किँदै गरेको भेटिएको थियो। भाइल भएको भिडियोमा तान्यले अटोरिक्सा चालकसँग फिर्तापैसा लिँदै गरेको देखिएको छ।सारा अली खान इम्तियाज अलिको फिल्म लव आजकल(२ मा कार्तिक आर्यनसँग देखिँदै छिन्। केही समय पहिले साराले कार्तिक सँग डटिगं जान चाहान्छु भने पनि पनि चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्