Logo

अनुपविक्रम शाही अभिनित चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



१७ जेठबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । फिल्म एक्शन तथा प्रेमकथाले ट्रेलरमा प्रथामिकता पाएको छ ।

फिल्म एक्शन तथा प्रेमकथाले ट्रेलरमा प्रथामिकता पाएको छ ।चलचित्रमा सुसन प्रजापतिको छायाँकन, विजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य , विपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ ।

राम शाक्यले निर्माण गरेको फिल्म विके फिल्मस र जय श्रीपाथीभराले वितरण गर्न लागेको हो । सम्राट सापकोटाको निर्देशन रहेको यो फिल्म आर्या मुभिज र सारा श्रीमुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्