Logo

डाली चरी लिएर आइन् गायिका सोना अमात्य



काठमाडौं– सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।लामो समयदेखि शास्त्रीय संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका अमात्यले यसपटक ‘डाली चरी भुईंमा खसेछ….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी हुन् ।

उक्त गीतमा गायिका अमात्यकै संगीत गुरु शशिविक्रम थापाका शब्द तथा संगीत सुन्न सकिन्छ ।सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायिका अमात्य स्वयंले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् ।

नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।गायिका अमात्यले यसअघि पनि आधा दजृनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।यस्तो छ डाली चरीको म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्