Logo

इन्डोनेसियामा बाढीका कारण १२को मृत्यु, १५ हजार विस्थापित



जाकार्ता- इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् ।

राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन् ।इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने गरेको छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँको मृत्यु हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्