Logo

सडकमा जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउने सपना बोकेका भरतको कथा : भगाएर विवाह गर्दा झण्डै ज्यानै लिएन (भिडियो सहित)



सपनाको सहर काठमाण्डौ, कत्तिका सपनाहरु पूरा हुन्छन् त कत्तिका कोपिलामै झरेको फुलझै बन्छन् । तर पनि सपना देख्नेहरुको कमी छैन यहाँ । त्यसैको उदारण हो
भरत राम पनि । परिवार तथा श्रीमतीले पुलीसमा जागिर खाऊ भन्छन् तर उनलाई जुत्ता सिलाउनमै आनन्द लाग्छ । कमाई पनि ठिकै छ ।

सात दोबाटोको सडक छेऊमा जुत्ता सिलाउने भरत रामको कथा अरुको भन्दा अलि पृथक छ । उनको विवाह पनि गाँऊकै ठुला बडाको छोरीसँग लभ परेर भयो । त्यसो त पुलिस केश देखि अनेकौं हण्डर खाए तर माया त माया हो भने जस्तै मायाको अगाडि कसैको केही चलेन । अन्तत एक भए, अनि जुत्ता सिलाएरै श्रीमतिलाई नर्सिङ बढाउने धोको छ उनको । हेर्नुहोस सडक किनारमा जुत्ता सिलाउँदै यसरी सुनाए मनका पिडा उनै भरत रामले भिडियो सहित

प्रतिक्रिया दिनुहोस्