Logo

पिएफए वर्ष खेलाडीको अवार्ड वितरण, कस्ले कुन अवार्ड जिते ?



काठमाडौं । यो वर्षको पिएफए वर्ष खेलाडी अवार्डमा वितरण गरिएको छ । प्रोफेसनल फुटबलर्स एसोसिएसनले हरेक वर्ष प्रदान गर्ने सो अवार्ड यस वर्ष पुरुष तथा महिला दुवै तर्फ डच खेलाडीले जितेका छन् । यो वर्ष अर्थात (२०१८–१९ सिजन) पुरुष तर्फ भर्जिल भान डिजेक तथा महिला तर्फ विविएनी मिएडेमाले जितेका हुन् ।

लिभरपुलका २७ वर्षे डिफेन्डर भान डिजेकले रहिम स्ट्रर्लिङ्ग, बर्नार्डो सिल्भा, सर्जियो अग्युरो, साडिओ माने र इडन हजार्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । यसका लागि खेलाडीहरुले नै मत दिएका हुन् ।

यस्तै आर्सनलकी फरवार्ड २२ वर्षकी मिएडेमाले पनि मतका आधारमा अरु खेलाडीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङ्गले पुरुष तर्फको युवा खेलाडी अवार्ड जितेका छन् ।

यस्तै महिला तर्फकोा युवा खेलाडी अवार्ड सिटीकै जर्जिया स्टेनवेले जितिन् । यस्तै स्टेफ हटनले पिएफए स्पेशल अचिभमेन्ट अवार्ड पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्