Logo

प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेले



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति नै भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा युनाइटेड चेल्सीसँग १–१ को बराबरीमा रोकिएको हो । युनाइटेडका लागि ११ औँ मिनेटमा आन माटाले गोल गरे । चेल्सीका लागि मार्को एलोन्सोले ४३ औँ मिनेटमा गोल गरेका हुन् । बराबरीपछि छैटौँ स्थानको युनाइटेडको ६५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्