Logo

संघीय संसद्को संसदको बर्खे अधिवेशन आजबाट सुरु हुँदै



काठमाडौं । संघीय संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बोलाइएको बर्खे अधिवेशनको पहिलो बैठक अपरान्ह ४ बजे बस्ने छ । यो अधिवेशनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट ल्याउने छ । अधिवेशनमा विशेष गरि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल हुनेछ ।

सोमबारको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पठेर सुनाउने कार्यसूचि छ । यस्तै हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि पनि सोमबारको बैठकलाई तोकिएको छ ।सोमबारको बैठकमा दुवै सदनमा सत्तारुढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्