Logo

स्पेनमा पेड्रो सान्चेजको नेतृत्वमा नयाँ सरकार बन्ने, सत्तारुढ सोसलिस्ट वर्कर पार्टी नै पहिलो दल बन्यो



काठमाडौं । स्पेनको संसदीय निर्वाचनमा सत्तारुढ सोसलिस्ट वर्कर पार्टीले पहिलो स्थान प्राप्त गरेको छ । हालै सम्पन्न भएको निर्वाचनको सार्वजनिक नतिजाअनुसार अब त्यहाँ समाजवादी नेता पेड्रो सान्चेजको नेतृत्वमा सरकार बन्ने छ ।स्पेनको ३५० सिट रहेको तल्लो सदन र २६६ सिट रहेको माथिल्लो सदन (सिनेट)का लागि आइतबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका पेड्रो सान्चेजको दलले १२३ स्थानमा जित हासिल गरेको हो । यो कुल सिटको २९ प्रतिशत हो ।

बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक पर्दछ । सोललिस्ट वर्कर पार्टीले सबैभन्दा धेरै २९ प्रतिशत सिट जिते पनि बहुमत हासिल गर्न भने सफल भएन । त्यसैले स्पेनमा अब मिलिजुली सरकार बन्ने छ ।

बितेका चार वर्षको अवधिमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो । सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेको बताएका छन् । उनले वार्तामा सीमित घेरा नराख्ने पनि बताएका छन् ।

निर्वाचन जितेपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै सान्चेजले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्