Logo

यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?



काठमाडौं । आज सोमबार सुनको मुल्य झन् उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको छ ।आज छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्