Logo

तपाइँले हेर्नु भयो लघु चलचित्र स्मोक(धुवाँ) ? आयो युट्युबमा (फिल्मसहित)



काठमाडौं । लघु चलचित्र स्मोक (धुवाँ) युट्युबबाट सार्वजनिक गरिएको छ । एमबी क्रियसनद्वारा निर्मित लघु चलचित्र स्मोक(धुवाँ) युट्युबबाट सार्वजनिक गरिएको हो । यसअघि “काल मेरो साथी“ र “द प्रेसियस गिफ्ट“ जस्ता लघु चलचित्र बनाएर चर्चा कमाएको एमबी क्रियसनले बनाएको ‘स्मोक’मा पैसाको महत्त्वलाई फरक रुपम प्रस्तुत गरिएको छ।

लेखक मनिष बसिस्ठको परिकल्पना, कथा र पटकथामा बनेको ‘स्मोक“लाई निकेश खड्काले निर्देशन गरेका हुन् । ११ मिनेट लामो यो लघु चलचित्र मात्र एउटा पात्रमा केन्द्रित छ, र त्यो पात्रको भुमिका निभाएका छन् दीपेन्द्र शाहीले। दिपेन्द्र थिएटर कलाकार हुन र “काल मेरो साथी“ मा पनि उनी नै केन्द्रिय भुमिकामा थिए। ‘स्मोक’लाई राजेन्द्र हुमागाईँले छायांकन गरेका हुन् र सम्पादन र कलर रुपेश खड्काले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्