Logo

बोगटी र मिलन अमात्यको ‘अमेरिकन बाबु मेड इन नेपाल’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं । गायक बाबु बोगटी र गायिका मिलन अमात्यको नयाँ गीत सार्वजनिक भएको छ । बाबु बोगटी र मिलनको स्वर रहेको ‘अमेरिकन बाबु मेड इन नेपाल’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा बाबु बोगटीकै संगीत रहेको छ भने सौरभ तिम्सिनाको शब्द सृजना रहेको छ ।

सो गीत चलचित्र ’अमेरिकन बाबु मेडिन इन नेपाल’को लागि तयार गीत हो । ईश्वर थापाले निर्देशन गरेको सो फिल्ममा गायक र अभिनेता बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा लगायतको अभिनय छ। फिल्ममा क्यानडा निवासी सुरेन्द्र नकर्मीको पटकथा रहेको छ। ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.को ब्यानारमा यो फिल्म बनेको हो।

प्रतिक्रिया दिनुहोस्