Logo

आखिर किन रणबीरसँगको ब्रेकअपलाई जीबनकै राम्रो उपलब्धि मान्छिन कट्रिना कैफ



मुम्बई । बलिवुड चर्चीत हट अभिनेत्री हुन कट्रिना कैफ । बेला बेलामा चर्चामा आउने उनि यति बेला भने अभिनेता रणबीर कपुरसँगको ब्रेकअप बारे मुख खोलेकी छिन् । कट्रिना सलमान खानसँगको ब्रेकअप पछि रणबीर कपुरसँग प्रेममा परेकी थिइन् । लामो समय देखि प्रेम सम्वन्धमा रहेका उनिहरु फिल्म जग्गा जासुसको शुटिंगका क्रममा ब्रेकअप भएको थियो । कट्रिनाले भनेकी छन्, मलाई जीवनमा अगाडी बढ्न ब्रेक जरुरी थियो ।

त्यसैले मैले त्यो सम्बन्धको अन्त्य गर्नुपर्ने थियो । प्रेममा पर्नु निकै रमाइलो चिज भएको बताउदै कट्रिनाले तर त्यो प्रेमले आफ्नो पहिचान दिलाउन सक्दैन भने त्यसको कुनै काम नभएको बताईन् । उनले भनेकी छिन् । सम्बन्ध बनाउनु राम्रो कुरा हो । कट्रिनासँगको ब्रेकअप पछि रणबीर भने अहिले अर्की अभिनेत्री आलिया भट्टसँग अफ्येर्समा रहेका छन् ।

कट्रिनाको भने अहिले विभिन्न अभिनेताहरुसँग नाम जोडिएको भएपनि अफ्येर्सको आधिकारिक पुष्टि भने भएको छैन ।कट्रिना पछिल्लो पटक अभिनित फिल्म भारत प्रर्दशनको तयारीमा छ भने अब सुर्यबशंमा अक्षय कुमारसँग अभिनय गर्दैछन्

प्रतिक्रिया दिनुहोस्