Logo

दीपक-दीपाको ‘छ माया छपक्कै’मा दिपकराज र केकीले जोडी बाँध्दै



काठमाडौँ । यसअघि दीपकराज गिरी र दिपाश्री निरौला लगायतको टिमले मात्रै चलचित्र निर्माण गर्दै आएको भएता पनि यस पटक ‘छ माया छपक्कै’मा फरक तरिकाले जोडीन पुगेका छन् । छक्का पन्जा निर्माण तथा अभिनय गर्दै आएका दिपकराज गिरीले यो फिल्ममा लगानी गरेको छैनन् । फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ ।

फिल्मको ५० प्रतिशत नाफा लिने सहमतिमा फिल्म साइन गरेका दिपकराजले फिल्मलाई घाटा भयो भने पारिश्रमिक नलिने बताएका छन् । चलचित्रको सोमबार राजधानीको सोल्टी होटलस्थित प्रिभे नेपालमा कार्यक्रम आयोजना गर्दै यो फिल्मको सम्पूर्ण कलाकार तथा प्राविधिकको परिचय गराइयो ।

सो अवसरमा यो फिल्ममा छक्का पन्जाकै जस्तो सामाजिक कथा वस्तु उठाइने विषयमा निर्माण यूनिटले जानकारी दियो । जेठबाट फ्लोरमा जाने फिल्म यहि दशैंमा प्रर्दशन हुने जानकारी दिइयो । रोहित अधिकारीको लगानी रहेको फिल्ममा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् ।

फिल्मले करिब ४० वर्ष उमेर अन्तरालमा विवाह गरेको जोडीको कथा भन्ने छ । दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्नेछन् भने यो चलचित्रमा दिपाश्री निरौला सल्लाहकार निर्देशकको भूमिकामा हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्