Logo

हारपछि नेयमार दर्शकसँग झगडा गर्न पुगे, प्रशिक्षकले गरे नेयमारकै आलोचना



काठमाडौं । दर्शकसँग झगडा भएपछि फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारको उनका प्रशिक्षकले आलोचना गरेका छन् । प्रशिक्षक थोमस टुसिलले क्लबका स्टार खेलाडी नेयमारको आलोचना गरेका हुन् । फ्यानसँग गरेको विवादका लागि प्रशिक्षक टुसिलले नेयमारको आलोचना गरेका हुन् ।

फ्रेन्च कप फुटबलको फाइनलमा पिएसजी रेनसँग पराजित भएको थियो । शनिबार राति भएको फाइनलमा पिएसजीले २–० को अग्रता लिएको थियो, तर निर्धा्रित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि टाइब्रेकरमा पिएसजी ६–५ ले पराजित भयो । खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा नेयमारले फ्यानसँग विवाद गरेका हुन् ।

पिएसजीका खेलाडी मैदानबाट बाहिरिँदै गरेको एक दर्शकले आफ्नो मोबााइल मार्फत भिडियो खिचिरहेका थिए । त्यो देखेका नेयमार विवाद गर्न पुगेका हुन् ।प्रशिक्षक टुसिलले भनेका छन्, ‘दर्शकसँग झगडा गर्न मिल्दैन । कुनै पनि हालतमा हुँदैन ।’

उनले अघि भनेका छन्, ‘हारपछिको पाइला चाल्न सजिलो हुँदैन । अति गाह्रो हुन्छ सबैका लागि, मलाई पनि सजिलो हुँदैन । तर त्यसलाई स्वीकार गर्नु पर्छ । हामीले हारे पनि सम्मान भने देखाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्