Logo

नायिका पूजा शर्माको आज जन्मदिन, शुभकामना दिनेको ओइरो



काठमाडौं, १७ वैशाख । नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । आज उनले २६औं जन्मदिन मनाउँदैछिन् ।१९९४ अप्रिल ३० तारिखका दिन सिन्धुपाल्चोकमा उनको जन्म भएको हो ।जन्मदिनमा उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी पूजाले ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

पछिल्लो समय पुजा महंगी र अत्यन्तै रुचाइएकी नायिका हुन् ।उनी अहिले ‘पोइ प(यो काले’ नामक चलचित्रमा अनुबन्ध भएकी छन् ।नायिका हुँदै चलचित्र निर्माणमा हात हालेकी पूजा शर्मा बेलाबेला प्रेम सम्बन्धका कारण चर्चामा आइरहन्छिन् ।

उनको नाम कहिले निर्देशक सुदर्शन थापा त कहिले नायक पल शाह तथा आकाश श्रेष्ठ श्रेष्ठसँग जोडिने गर्छ । पूजाले भने आफू कसैसँग प्रेममा नपरेको बताउँदै आएकी छन् ।उनले टुरिजममा स्नातक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्