Logo

यसकारण नायिका जाह्नवी कपूरकी बहिनी खुसीले शाहरुखको छोरा आर्यनसँग फिल्म खेल्न अस्विकार गर्दै रोजिन यि हिरोलाई



काठमाडौँ । फिल्म धडक बाट बलिउडमा डेब्यू गरेकी नायिका जाह्नवी कपूर चर्चा चलिरहने नायिकामा पर्छिन् । हालै उनले आफ्नो बहिनी खुसी कपुरलाई लिएर एक कार्यक्रममा पुगेकी थिइन् । उक्त कार्यक्रममा खुसीले आफु पनि अब छिट्टै बलिउडमा डेब्यू गर्ने बताएकी छिन् ।

कार्यक्रममा उनलाई आफ्नो पहिलो फिल्म कुन नायकसँग गर्ने इच्छा छ भनेर सोध्दा जवाफमा उनले करण जोहरसँग गर्न चाहेको र हिरो खोज्ने निर्णय भने बाबुको भउको बताइन् ।

कार्यक्रमकी प्रस्तोता धुपियाले खुशीलाई तीन अप्सन दिँदै यस्तो सोधिन् ,तिमी यी ३ नायकमध्ये कुन सँग बलिउडमा डेब्यू गर्न चाहन्छौँ रु शाहरुख खानका छोरा आर्यन खान, चंकी पाण्डेका छोरा अहान पाण्डे र जावेद जाफरीका छोरा मिजान जाफरी रुभनेर प्रश्न सोध्दा जवाफमा चंकी पाण्डेका छोरा अहान पाण्डेलाई रोजिन् ।

उनले भनिन् आर्यन र मिजानको अभिनय कहिल्यै नददेखेको र सुरक्षित उपाय आहान नै छ । बाहिर भारतीय सञ्चार माध्यममा खुशी र आर्यनले एकसाथ फिल्ममा डेब्यु गर्ने हल्ला चलेको छ ।

प्रतिक्रिया दिनुहोस्