Logo

राष्ट्रिय गानको अपमान गरेको भन्दै यी चर्चित ३ कलाकारलाई सामाजिक सञ्जालमा गरियो आलोचना



काठमाडौँ-महानायक राजेश हमाल सहित नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराजलाई राष्ट्रिय गानको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ । महानायक राजेश हमालले सञ्चालन गरेको कार्यक्रम ‘को बन्छ करोडपति’ मा राष्ट्रिय गानको अपमान गरेको भन्दै आलोचना गरिएको हो ।

एपिवान टेलिभिजनबाट हरेक हप्ताको ३ दिनसम्म चल्ने उक्त कार्यक्रमको एक एपिसोडमा नायिका प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज उपस्थित रहेका थिए । राजेश हमालले प्रियंका र आयुष्मानलाई राष्ट्रिय गानमा कति पटक नेपाल शब्द आउँछ रु भनेर प्रश्न सोधिएको थियो । यसै क्रममा राष्ट्रिय गीत बज्दा राजेश हमाल सिटबाट नउठी बसे भने प्रियंका र आयुष्मान पनि आफ्नो सिट बाट उठेनन् ।

यद्यपी राष्ट्रिय गानको सम्मानमा गीत बज्दा सबै जना उठेर बस्नु पर्ने भनिएपनि तीनै जना सिटबाट नउठी सुनेर बसेपछि उनीहरुको तिखो रुपमा आलोचना गरिएको छ । राष्ट्रिय गान गाउँदा उभिनुपर्छ भन्ने सामान्य ज्ञान समेत नभएको भन्दै उनीहरुलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । कार्यक्रममा राष्ट्रिय गानबाट प्रश्न बनाएर सोध्नु राम्रो हो तर राष्ट्रिय गान बज्दा उठ्नुपर्छ भन्ने कुरा देशका चर्चित स्टारलाई थाहा नभएको भन्दै धेरैले ट्रोल बनाएका छन् ।कार्यक्रम ‘को बन्छ करोडपति’ मा प्रियंका र आयुष्मान भाग लिन गएर दश हजार जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्