Logo

मध्यरातमा नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेटको चिन्ताले पिरोलेपछि लेखे यस्तो मन छुने स्टाटस



काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने अहिले भारतमा इण्डियन प्रिमियर लिग खेलिरहेका छन् । भारतमा आइपिएरल खेलिरहेका बेला उनले नेपाली क्रिकेटको चिन्ता लिइरहेका छन् । लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।

उनले लेखेका छन ‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, ‘दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो ।’ नेपाली क्रिकेटलाई राम्रो बनाउनका लागि सोच्ने हो भने हाम्रा लागि प्रतिवद्धता र इमान्दारीता अत्यावयक छ ।

नेपाल सरकारको आधिकारिक निकाय नेपाल क्रिकेट संघ क्यानलाई अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् ९आइसिसी० २०७३ बैशाखमा निलम्बन गरेको थियो । अहिलेसम्म निलम्बन फुकुवा हुन सकेको छैन् ।। निलम्बन हटाउनका लागि विभिन्न प्रयास भएपनि फुकुवा हुन सकेन् । क्यानभित्रै आपसी विवाद भएपछि आईसीसीले निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्