Logo

कांग्रेस नेता सिंहले भने– ‘बालुवाटार जग्गा प्रकरणमा दोषी देखिए सभापति देउवालाई पनि कारबाही गर्नुपर्छ’



संखुवासभा । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले बालुवाटार जग्गा प्रकरणमा सबै दोषीलाई कारबाही गर्नुपर्ने भन्दै यदी आफ्नै पार्टीका सभापति देउवा पनि दोषी भए कारबाही गर्नु पर्ने बताएका हुन् ।

बालुवाटारको सरकारी जग्गा बिक्री प्रकरणमा जोडिएका कसैलाई पनि छाड्न उनको भनाइ छ । सोमबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि बालुवाटारको जरैदेखि छानबिन हुनुपर्ने र नियतबस दोषी पाइए आफू पनि दण्ड स्वीकार्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्