Logo

नेकपाको बैठक जारी ? कुन कुन विषयमा हुँदैछ छलफल ?



काठमाडौं । सत्तारुढ दल नेकपाको बैठक बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपाको संसदीय दलको बैठक बसिरहेको हो । सो बैठकमा सोमबारबाट सुरु भएको बजेट अधिवेशन, समसामयिक विषय लगायतका छलफल हुने बताइएको छ । एक महिना पछि आउन लागेको आगामी आर्थिक वर्षको आय व्यय (बजेट)कोबारेमा पनि छलफल हुने छ । यसअघि संसदमा हुने प्रि बजेट, सरकारको नीति तथा कार्यक्रमबारे पनि छलफल हुनेछ ।

सोमबारबाट सुरु भएको संसद् आफ्नो पार्टीले खेल्नु पर्ने भूमिका र सांसद्हरुले निर्वाह गर्ने दायित्वका विषयमा पनि छलफल हुने बताइएको छ । सरकारमाथि विपक्षी दलहरुले उठाएका प्रश्न र नागरिकहरुमा सरकारप्रति हेर्ने दृष्टिकोणलागयत विषयमा पनि बैठकको छलफलको एजेण्डामा रहेका छन् ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्