Logo

आयो अञ्जु पन्तको मार्मिक गीत ‘आज म तिमीलाई’, जसमा नायिका शिल्पा र सनमको दमदार अभिनय(भिडियो)



काठमाडौं । चर्चित गायिका अञ्चु पन्त र रवि थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका अञ्जु र गायक रविको स्वरमा आज म तिमीलाई’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द तथ लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको सो गीतमा विशेषगरी माया प्रेम सम्बन्धी विषय समेटिएको छ । यो संयोगान्त भावको एक अर्कामा समर्पित गीत हो । प्रेमी र प्रेमिकाबीचको गहिरो प्रेम र विश्वास सहितको समर्पणलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।

हेमप्रभासले निर्देशन गरेको सो गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र चर्चित मोडल सनम कठायतको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्