Logo

आफ्ना सांसद्‌लाई प्रधानमन्त्री ओलीले भने– ‘मेरो नेतृत्वमा सरकार बनेपछि आलु धेरै फल्यो’



काठमाडौं ।नेकपाका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गठनपछि मुलुकमा आलु धेरै फलेको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा उनले आफू नेतृत्वको सरकार आएपछि मुलुकमा आलु धेरै फलेको भन्दै यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको जानकारी दिए ।

‘यो मेरो सरकार आएपछि आलु धेरै फल्यो, ९ प्रतिशत धेरै फल्यो, धान मकै गहुँ पनि धेरै फलेको छ’ प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई निर्देशन दिँदै भने, ‘अब तपाईँहरु फलफूल रोप्ने अभियान चलाउनुस्, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भएपनि लगाउनुस् ।’

यो वर्ष २३ लाख फलफूलका विरुवा रोपेको पनि उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जहाँ सकिन्छ फलफूल लगाउनुस् कसले खान्छ चिन्ता लिनुपर्दैन, लोखर्केले खाए पनि खाओस् तर फलफूलका विरुवा रोप्नुस् ।’

प्रतिक्रिया दिनुहोस्